site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घोराही सिमेन्टको आईपीओबारे बोर्डले गर्‍यो चार निर्णय, प्रहरीले छानबिन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको सार्वजनिक निष्कासन सम्बन्धमा गरेको छानबिन प्रतिवेदनअनुसार चारवटा निर्णय गरेको छ ।

लगानीकर्ताको हित संरक्षणलाई मध्यनजर गर्दै सार्वजनिक निष्कासन स्थगित गरिएको कम्पनीमाथि जाँचबुझका लागि बोर्डले समिति गठन गरेको थियो । सो समितिले विभिन्न चार निर्णयसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिवेदनअनुसार केही लगानकर्ताले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोबारे थप छानबिन हुने भएको छ । यसका लागि नेपाल प्रहरीसमक्ष सिफारिस गरिएको छ ।

यस्तै, निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको विषयमा पनि छानबिन हुने भएको छ ।

यस्तो छ बोर्डको निर्णय

No description available.No description available.

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्