अर्थ व्यवसाय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको छ । आज सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको भए पनि कम्पनीले आवेदन दिने म्याद थप गरेको सूचना आज जारी गरेको थियो ।
सीडीएससीले पनि घोराही सिमेन्टको आईपीओलाई लक्षित गर्दै आज झुटा विवरण पेस गरी आईपीओमा आवेदन दिने गरेको भन्दै कारबाही गर्ने जानकारी दिएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १६:०७
प्रतिक्रिया दिनुहोस्