site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भेस्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन, उत्कृष्ट सेवाको प्रतिज्ञा

काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि.ले भेस्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ । भेस्पा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरकसमेत रहेको कम्पनीले ग्राहकलाई अझ सहज र भरपर्दो सेवा दिने उद्देश्यले पिपलबोट, बौद्धमा पूर्ण सुविधा सम्पन्न सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

“हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौँ । यो नयाँ सर्भिस सेन्टरले भेस्पा अप्रिलियाका ग्राहकहरूलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ सेन्टर अत्याधुनिक उपकरण र अनुभवी प्राविधिकसहित सुसज्जित रहेको छ, जसले स्कुटरहरूको मर्मत र सेवा प्रभावकारी बनाउनेछ ।

ग्राहकले स्पेयर पार्ट्स, मर्मत तथा नियमित सर्भिसको सुविधा एउटै छानामुनि पाउनेछन् । कम्पनीका निर्देशक तथा सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले बिक्रीपछिको सेवाको दायरा अझ फराकिलो बनाउने र ग्राहकलाई थप सुविधा दिने बताए ।

डेल्टा अटोकर्पले भेस्पा अप्रिलियाका ग्राहकलाई सधैँ उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्ने लक्ष्य लिएको छ । नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै कम्पनीले ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन सकिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्