site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घोराही सिमेन्टको आईपीओ छलीमा एनआईसी बैंकको मिलोमतो, छानबिन गर्न धितोपत्र बोर्डको निष्कर्ष 

काठमाडौं । घोराही सिमेन्टको सार्वजनिक निष्कासन(आइपीओ)मा छलीमा एनआईसी एशिया बैंकसमेत मुछिएको छ ।  धितोपत्र बोर्डको छानबिनको क्रममा एनआईसी एशिया बैंकको मिलोमतोमा सर्वसाधारणलाई भ्रम पार्न खोजेको देखिएको छ । 

आस्वा सदस्य एनआईसी एशिया बैंकले आवेदकको खातामा पैसा पर्याप्त नभए पनि आवेदक स्वीकृत गरेको बोर्डको छानबिनमा देखिएको छ । “खातामा पैसा नभए पनि एनआईसी एशिया बैंकले आवेदन स्वीकृत गरेको विषय छानबिन गर्नुपर्ने देखिएको छ,” बोर्डले आफ्नो प्रतिवेदनमा भनेको छ । 

घोराही सिमेन्टको मुख्य लगानीकर्ता त्रिवेणी ग्रुप र विशाल ग्रुप हो । एनआईसी एशिया बैंक पनि मुख्य लगानीकर्तामा विशाल ग्रुप र त्रिवेणी ग्रुप नै रहेको छ । यसले घोराही सिमेन्टको आइपीओ महंगो मूल्यमा बेच्नको लागि संगठित रुपमा प्रवर्धकले ठगी गर्न खोजेको आशंका दिएको छ । घोराहीको रेटिङ विशाल ग्रुप नै प्रवर्धक रहेको केयर नेपालबाट भएको थियो । विशाल ग्रुपले नियम विपरीत आफ्नो लगानी रहेको केयर नेपालबाट रेटिङ गराउने काम गरेको छ । 

बोर्डको खातामा पैसा नभए पनि ठूलो रकमको कित्ता परेका व्यक्तिलाई जालसाजीमा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने सुझाव दिएको छ । 

घोराही सिमेन्टको आइपीओ आरक्षण हुने स्थानीय,कर्मचारी,सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेकाहरुले किनेका थिएनन् । घोराहीले १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर ४३५ रुपैयाँमा आइपीओ निष्कासन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro