site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घोराही सिमेन्टको आईपीओमा दिएको आवेदन फिर्ता लिन सकिने
फाइल तस्बिर ।

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले स्थगित रहेको आईपीओ प्रक्रिया खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार कम्पनीले सेयर संख्या थपघट वा फिर्ता लिन चाहनेका लागि यही असार २४ गतेसम्म खुला गरेको हो ।

आज (शुक्रबार)देखि असार २४ गतेसम्म सेयर थपघट, फिर्ता र खरिदका लागि सी–आस्बा सदस्य बैंकमा निवेदन दिन सकिनेछ । यसअघि, असार ४ गते धितोपत्र बोर्डले.कम्पनीको आईपीओमा फर्जी आवेदन परेको भन्दै निष्कासन प्रक्रिया बन्द गरेको थियो ।

यो कम्पनीको १० लाख कित्तासम्म आईपीओ माग गरिएको थियो । १० लाख कित्ताका लागि आवेदन दिनेलाई कारबाहीका निम्ति प्रहरीमा पत्र पठाउने र बिक्री प्रबन्धकमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै असार २० गते बोर्डले आईपीओ प्रक्रिया खुला गर्न निर्देशन दिएको थियो ।

आईपीओमा परेको अवेदन फिर्ता गर्न सक्ने व्यवस्था गर्न पनि बोर्डले निर्देशन दिएको थियो । सोहीअनुसार कम्पनीले आउँदो आइतबारसम्म आवेदन खुला राख्ने र उक्त अवधिमा मागानुसार आवेदन नपरे असार ३१ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

असार ३१ गतेभन्दा अगाडि नै मागभन्दा बढी आवेदन परेमा आवेदन प्रक्रिया बन्द गर्ने पनि जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro