site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पाँच टुक्रा
Sarbottam CementSarbottam Cement

सुधन सुवेदी


१.
पशुबलिको घोर विरोधी ऊ
पशु होस् कि मान्छे हत्या हत्या नै हो भन्छ
साझा पृथ्वीका बासिन्दा हामीले माया बाँड्नुपर्छ
सद्भाव, समभाव राख्नपर्छ भन्दै पूजा गर्छ, बगैँचाबाट फूल चुँडेर

Prabhu Bank
Agni Group
NIC Asia

२.
दुवैले गरे कसो नहोला
दुबईबाट दबाईसँगै दबिएको बोली
बोलीको घर मुख, मुख अड्याउने अनुहार, अनुहार बोक्ने रोगी ज्यान
दिमाग चुस्त छ र त याद आउँछ पुरानो किस्सा

३.
सामाजिक शिक्षा पढेको ऊ
सञ्जालमा ह्यापी बर्थडे मम् लेख्छ
सयौँ लाइक्स अनि कमेन्ट पाउँछ
आमा गाउँमा टुकटुके मोबाइलमा छोरोको फुन नलागेको छिमेकीलाई सुनाउँछे

Global Ime bank

४.
पृथ्वी गोलो छ र यो निरन्तर घुम्छ
विज्ञानका कुराले पाएन कुनै भेउ
यसको अर्थ तब छर्लंग भयो,
जब संसार नै मैमा टिकेको भन्नेहरूले अर्को उपग्रह भेट्टाए  

५.
कतारोको दही खाई कतार गएको ऊ
कौसीमा बसी 
वैशाखमा विरह गाउँछ बैसाखी छेउमा बिसाएर

@tweetsudhan

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement