देश
सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७, विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ ।
घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १८:४६
प्रतिक्रिया दिनुहोस्