site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तापक्षले स्पट तोकेर बोलाए हुन्छ, हामी सामना गर्न तयार छौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले आफूहरूलाई बेवास्ता गरेको बताएका छन् ।

संसद् अवरुद्ध भइरहेको विषयमा सत्ता पक्षले एमालेसँग छलफल नै गर्न नचाहएको ओलीको आरोप छ । बरु सत्तापक्षले 'भिड्न' चुनौती दिरहेको उनको भनाइ छ । 

शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलामा ओलीले आफूहरूले सत्तापक्षले जहाँ बोलायो त्यही सामना गर्न तयार रहेको पनि बताए ।

"उहाँहरूले हामीलाई पार्लियामेन्ट (संसद्)मै भेटौँला भन्नुभयो । उहाँहरूले वार्ता गर्छौं, समस्या समाधान गर्छौं भन्नुभएन, संसद्‍मा सामना गरिन्छ भन्नुभयो । प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु, नम्रताका साथ भन्न चाहन्छु, सत्ता पक्ष संसद्‍मा मात्र होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौँ । स्पट (ठाउँ) तोकेर बोलाए हुन्छ," ओलीले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro