site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीन नेतृत्वको शिखर सम्मेलनमा बीआरआईलाई भारतकाे असहयाेग
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको नेतृत्वमा अघि बढेको सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भारतले चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई समर्थन गरेको छैन ।

भारतले मंगलबार एससीओ शिखर सम्मेलनको आयोजना गरेको थियो । भर्चुअल रुपमा आयोजना गरिएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआईको विषयलाई जोड दिएका थिए ।

सीले पूर्वाधार परियोजनाले क्षेत्रीय सहयोग, व्यापार र लगानीलाई सहज बनाउने भन्दै बेल्ट एन्ड रोड परियोजनामा अझ राम्रो समन्वय गर्न आह्वान गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्मेलनपछिको संयुक्त घोषणा पत्रमा भारतले बीआरआईलाई समर्थन नगरेको हो । सन् २०१७ मा एससीओको पूर्ण सदस्य बनेको भारतले कहिले पनि बीआरआईलाई समर्थन गरेको छैन । उसले आफ्नै पूर्वाधार योजनाहरुलाई प्राथमिकता दिने गरेको छ ।

चीनको लान्झाउ युनिभर्सिटीको स्कुल अफ पोलिटिक्स एन्ड इन्टरनेशनल रिलेसनसका प्राध्यापक झु योङबियाओले एससीओको संयुक्त घोषणापत्रले भिन्नता जोगाएर साझा आधार खोजेको बताएका छन् ।

Global Ime bank

शिखर सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेइजिङ र मस्कोलाई क्षेत्रीय आतंकवादविरुद्ध लड्न सहयोगको आवश्यकता रहेको भनेका छन् ।

“आतंकवाद क्षेत्रीय र विश्वव्यापी शान्तिको लागि खतरा बनेको छ । हामीले जुनसुकै रूप र जुनसुकै अभिव्यक्तिको आतंकवादविरुद्ध एकजुट भएर लड्नुपर्छ,” मोदीले भने ।

सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्षेत्रीय आर्थिक एकीकरणलाई बढावा दिन र स्वतन्त्र वित्तीय संरचना निर्माण गर्न भुक्तानी पूर्वाधार स्थापना गर्न सुझाव दिएका छन् ।

चीन र रुस दुवैले एससीओ सदस्यबीचको गहिरो आर्थिक एकीकरणका लागि व्यापारमा राष्ट्रिय मुद्राको प्रयोग बढाउन आह्वान गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement