site stats
बाह्रखरी :: Baahrakhari
देश
एलओडीका अर्का सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी)का अर्का सञ्चालक पनि पक्राउ परेका छन् । शुक्रबार बिहान करिब साढे ९ बजे सञ्चालक रुदीप बल्ल श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त क्लबमा नाबालिगलाई प्रवेश गराएको विषयमा अनुसन्धानका लागि सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवं प्रवक्ता नवराज कार्कीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार श्रेष्ठलाई ललितपुरको कुपण्डोल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

“नाबालिगलाई क्लबमा प्रवेश दिएको आरोपमा पक्राउ गरेका हौँ,” उनले बाह्रखरीसित भने ।

यसअघि, बिहीबार (हिजो) प्रहरीले सोही क्लबका सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरेको थियो । ललितपुर प्रहरीका अनुसार सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरिएको थियो ।

गएको जेठ ३१ गते राति एलओडी गएकी एक नाबालिगलाई ललितपुरको बागडोलमा पुर्‍याएर बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।बलात्कार आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्