site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

मोरङ । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बताएका छन् ।

मुख्यमन्त्री पदको नियुक्ति पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पारे ।

मुख्यमन्त्री थापाले प्रदेशको संरचनाअनुसार गठबन्धन दलको सदस्यको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने बताए । उनले प्रदेशको नामकरण वार्ताकोको माध्यमबाट निकाश दिने विचार राखे ।

मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दाबीमा हस्ताक्षर गरेको र उनले राजीनामा नदिने स्पष्ट पारे । उनले प्रदेशको जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई पूरा गर्ने उद्देश्य अनुरुप सरकारले काय गर्ने बताए । रासस

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro