site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरूलाई रासायनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले अहिलेको सिजनमा समयमा नै मल दिन नसके किसानप्रति सरकारले न्याय गरेको नठहरिने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

सरकारले बजेट वा अन्य कुनैपनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कषि प्रणालीकै लागि राम्रो नहुने बताए । उनले मल वितरण प्रणालीमा कुनै अनियमितता भएको भए त्यस्तो गर्नेहरूलाई कारबाही गर्न आग्रह गरे ।

उनले भने, "जस्टिल डिले इज जस्टिस डिनाइट भन्छ । हामीले समयमा न्याय दिन सकेनौँ भने त्यो न्याय दिएको अर्थ छैन । अहिले मलको छलफल चलिरहेको छ, हामीले छलफलमा मात्रै समय दिएर कृषकलाई अहिलेको सिजनमा मल दिन नसके यो छलफलको कुनै सार्थकता हुँदैन । बजेटको वा कुनै बहानामा मल कृषकलाई दिन नसक्नु राम्रो हुँदैन । त्यसमा कुनै अनियमितता भएको छ भने कारबाही हुनुपर्छ । मललाई यो वा त्यो बहानामा आपूर्तिबाट रोक्ने काम गर्नु हुँदैन ।"

सांसद कार्कीले नेपाल अनुदानको संस्कृतिमा रमाउने कुरामा बढी केन्द्रित हुँदै गएको र देशका उर्वर जमिनलाई सुक्खा जमिनमा परिणत गर्ने संस्कृति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro