site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्विटरलाई टक्कर दिन जुकरबर्गको थ्रेड्स एप सार्वजनिक 

काठमाडौं । मेटाले इन्स्टाग्रामको एक एपका रूपमा थ्रेड्स एप सार्वजनिक गरेको छ । यो एप करिब १०० देशमा आईओएस र एन्ड्रोइडका लागि उपलब्ध भएको छ ।

छुट्टै एपका रूपमा उपलब्ध थ्रेड्समा इन्स्टाग्रामकै अकाउन्टबाट लगइन गर्न सकिन्छ । इन्स्टाग्रामकै फोटो राख्न वा इस्टाग्राममा भएका फलोअर्सलाई एकैपटक फलो गर्न सकिन्छ ।

यो एपलाई ट्विटरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । कम्पनीले यसलाई अरू मास्टडन, ब्लुस्कीलगायत सोसल मिडियाको प्रतिद्वन्द्वी समेत भनेको छ ।

ट्विटरका मालिक एलन मस्कले प्लेटफर्ममा विभिन्न समस्याको सामना गरिरहेका बेला मेटाले सार्वजनिक गरेको थ्रेड्सले सफलता पाउन सक्ने ठानिएको छ ।

त्यसो त यसअघिका यस्तै अरू धेरै एप असफल भएका थिए । तर, थ्रेड्समा इन्स्टाग्रामकै प्रयोगकर्ता अनबोर्ड हुन सक्ने भएकाले यसले सजिलै धेरै प्रयोगकर्ता पाउन सक्ने ठानिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro