राजनीति

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नेकपा (एमाले)को अवरोधपछि स्थगित भएको बैठक आज दिउँसो १ः०१ बजेका लागि बोलाइएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि बुधबारको बैठक बस्न सकेको थिएन ।
प्रतिनिधिसभाको बैठक पनि एमाले सांसद्हरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि अवरुद्ध भएको थियो । प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि बोलाइएको छ ।
यसअघि राष्ट्रियसभाको बैठक हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० ०६:४५
प्रतिक्रिया दिनुहोस्