site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
भारी वर्षाको महिना सुरु, कस्तो छ तीन दिनको मौसम ?
SkywellSkywell

काठमाडौं । वर्षाका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुने, बाढी पहिरो जाने समस्या देखिरहेको छ । असारको सुरुमै पूर्वी नेपालमा पहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो ।

सडक विभागका अनुसार बाढी र पहिरोका कारण मात्र यो वर्ष अहिलेसम्म करिब २५ करोड रुपैयाँ बराबरको क्षति भइसकेको छ । विभागका अनुसार एक दर्जनभन्दा बढी वटा सडक एकतर्फी रूपमा अवरुद्ध भएका छन् ।

पूर्वसावधानी नअपनाए अझै ठूलो क्षति हुने जोखिम छ । मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण मेघ–गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

Dabur Nepal
NIC Asia

महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार जुलाई र अगस्ट बढी मनसुन सक्रिय हुने महिना हुन् । अझ धेरै वर्षा हुने महिना सुरु भएकाले बाढी पहिरो जोखिम थप बढ्ने उनको भनाइ छ । 

"जुलाई र अगस्टमा बढी वर्षा हुन्छ । अब बल्ल बढी वर्षा सुरु हुने बेला भयो । सबैतिर सतर्कता अपनाउन आवश्यक छ," उनले भने ।

प्रधानाङ्गका अनुसार काठमाडौं उपत्यकामा आगामी तीन दिन मौसम बदली नै रहेर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

उसो त देशभर नै हाल सामान्यदेखि पूर्ण बदली रहेको छ । काठमाडौं उपत्यकासिहत कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भोलि (बिहीबार) भने देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको अनुमान छ । भोलि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  सम्भावना छ । कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ । 

भोलि राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू–भागका केही स्थानमा भने हावा हुरीको समेत सम्भावना रहेको छ ।

पर्सि (शुक्रबार) दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोसी, वाग्मती, गण्डकी, तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू–भागका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

पर्सि राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro