site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महानगरभित्र कांग्रेसको कुनै भ्रातृ संगठन नरहेको बालेनको 'घोषणा' !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्र नेपाली कांग्रेसको कुनै पनि भ्रातृ संगठन नरहेको 'घोषणा' गरेका छन् ।

सांसदसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न नपाइने भनी दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै बालेनले उक्त घोषणा गरेका हुन् ।

"नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा पूरा गर्नुहोला माननीयज्यू," बालेनले मंगलबार फेसबुकमा लेखेका छन् ।

सोमबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा गगनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । 

“हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू राजनीतिक रूपमा सचेत छन् । त्यहाँ प्रतिस्पर्धा हुन्छ । त्यहाँ सबै हुन्छ । तर, दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य गर्नैपर्छ । होइन भने यो पापले हामीलाई यति थिच्छ, हामीले मुक्ति पाउँदैनौँ,” गगनले भनेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro