site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनि डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको हो ।

Argakhachi Cement Island Ad

काठमाण्डौंको माइतीघर मण्डलामा भोलि (बुधबार) दिउँसो १ बजे पार्टीका नेता, कार्यकर्तालगायत आम नागरिकहरूलाई जातीय विभेद विरुद्धको आन्दोलनमा सहभागी हुन आव्हान गरिएको छ ।

कार्यक्रम पार्टी सम्बद्ध शिल्पी⁄दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको आयोजनामा हुने बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्