site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन बोर्डको बजेट ३० करोड बढ्यो, प्रर्वद्धन र प्रचारप्रसारमा खर्च गर्ने तयारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल पर्यटन बोर्डमा चालु आर्थिक वर्ष २०७९/०८० को तुलनामा आगामी आर्थिक वर्षमा बजेट बढेर आएको छ । चालु आवको तुलनामा आगामी आवमा ३० करोड रुपैयाँ बजेट बढेर आएको हो ।

आगामी आव २०८०/०८१ का लागि पर्यटन बोर्डलाई एक अर्ब ५० करोडको बजेट परेको छ । चालु आवमा एक अर्ब २० करोड बजेट रुपैयाँ बजेट थियो ।

कुल बजेटमा २० करोड प्रशासनिक क्षेत्रमा खर्च हुने र बाँकी रहेका एक अर्ब ३० करोडको बजेटमा पर्यटन प्रवर्द्धनमा खर्च गरिने नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले बताए ।

बोर्डले चालु आर्थिक वर्षको बजेट नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन र प्रचारप्रसारमा केन्द्रित गर्ने तयारी गरेको छ ।

एक अर्ब ३० करोड बजेटमध्येबाट ८० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारमा पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचारप्रसारको खर्च गर्ने तयारी रहेको उनले बताए ।

गत वर्षको तुलनामा बढेर आएको बजेट नेपाल पर्यटन क्षेत्रको प्रमुख बजारका रूपमा रहेको भारत र चीनमा केन्द्रित रहेर खर्च गर्ने तयारी गरेको उनले बताए ।

सन् २०२३ को ६ महिनामा साढे चार लाख पर्यटक आगमन भएकोमा एक लाख ६७ हजार पर्यटक भारतबाट मात्र आएका थिए । यो कुल पर्यटक आगमनको ३५ प्रतिशत हो ।

हालमात्र बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली पर्यटन क्षेत्रको प्रमुख बजारका रूपमा भारत रहेको छ । भारतमा पर्यटन प्रर्वद्धन र प्रचारप्रसार गर्दा थप पर्यटक भित्र्याउन सकिने बोर्डको अपेक्षा रहेको छ ।

यस्तै, चिनियाँ राजदूतावास पर्यटन बोर्डको सहकार्यमा पोखरामा आयोजना गरिएको नेपाल चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिबले चिनियाँ बजारमा पर्यटकीय गतिविधिले गति लिएको सीईओ रेग्मीले दाबी गरे ।

भारत र चीनमा मार्केटिङ गर्न सकेमा पर्यटक भित्र्याउन थप सहयोग पुग्ने उनको भनाइ छ । यसका साथै विदेशी मुलुकमा नेपाली पर्यटन क्षेत्रको बारेमा प्रचारप्रसार गर्ने बजेट केन्द्रित गरिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro