site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ हो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टीले गरेको राप्रपा नेपालको हिन्दुराष्ट्र : अवधारणा र औचित्य अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले अहिले भन्ने गरेको समाजवाद वैदिक कालमा नै व्याख्या गरिसकिएको बताए ।

उनले सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया भन्दा समाजवादको उच्चतम र उत्कृष्ट परिभाषा अरु हुनै नसक्ने दाबी गरे । उनले सबै सुखी हुन्, सबै समान हुन्, कोही पनि दुःखी र रोगी नहुन् भन्नेकुरा वैदिककालमा नै शास्त्रले व्याख्या गरिसकेकाले अहिलेका राजनीतिक दलहरू र संविधानमा लेखिरहनुको अर्थ नरहेको जिकिर गरे ।

उनले भने, “हाम्रो सनातन संस्कृतिमा प्रजातान्त्रिक मूल्य र मान्यता छ । त्यसको संरक्षणका निमित्त पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्छ । सामाजिक समन्वय, नैतिक मूल्य, उदार आर्थिक मान्यता, यो उदार आर्थिक मान्यता कतिपयले यो आधुनिक विश्वको उपलब्धिको रूपमा लिएका छन् । प्रजातन्त्र, डेमोक्रेसी र लिबरल इकोनोमीलाई एक अर्काका परिपूरकका रूपमा लिइरहेका छन् ।”

उनले प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताए । उनले हिन्दु राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई वहिष्कृत गर्ने नभइ त्यसलाई पनि संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सकिने बताए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro