site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति बन्नु वा नबन्नु गिरिजाबाबुका लागि मुख्य थिएन : मीनेन्द्र रिजाल
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु वा नबन्नु प्रमुख विषय नरहेको स्पष्ट पारेका छन् । सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व. कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चाताप लागेको बताएका थिए । आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा पश्चताप लागेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्रीले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरे पनि नपुग्ने बताए । स्व. गिरिजाप्रसाद कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न उनले प्रधानमन्त्रीलाई सचेत गराए ।

कांग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको बताउँदै उनले नेपालको वर्तमान राजनीति स्व. कोइरालाको दिशानिर्देशअनुसार चलेको दाबी गरे ।

Global Ime bank

“अहिले पनि कांग्रेससँग उहाँको यात्रा नेपालको संविधानको मर्म र भावना र अक्षरअनुसारको यात्रा हो । अहिले पनि हाम्रो उहाँसँगको यात्रा इमान्दारिताको हो, सहकार्यको हो, नेपाललाई समृद्धिमा पुर्‍याउनका लागि विश्वास र आस्थाको हो,” उनले भने, “आज बिहान उहाँले शताब्दी श्रद्धाञ्जली अर्पण गर्दा गिरिजाबाबुलाई दिनुभएको श्रद्धाञ्जलीको वचन गिरिजाबाबुले सुरु गर्नुभएको राजनीतिको अर्डर हो । आजको नेपाली राजनीतिको निर्देशन गिरिजाबाबुले दिनुभएको, परिभाषित गर्नुभएको राजनीति हो ।”

नेता रिजालले प्रधानमन्त्री प्रचण्डले १२ बुँदे सम्झौताको हरेक मसीको गहिराइलाई गम्भीरतापूर्वक बुझेर अघि बढे राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !