देश
काठमाडौं । स्वास्थ्य सेवामा २९५ जना नर्स थप गरिएको छ । लोकसेवामार्फत सोमबार २९५ नर्सको स्थायी नियुक्ति गरिएको हो ।
थपिएकामध्ये २४५ जनालाई वीर अस्पताल र अन्य ५० जनालाई संघअन्तर्गतका विभिन्न अस्पतालमा पदस्थापन गरिएको छ ।
लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको वीरमा पहिलोपटक ठुलो संख्यामा नर्स थपिएको हो । जनशक्ति थप भएसँगै वीर अस्पताललले नयाँ सर्जिकल भवन पूर्णरूपमा सञ्चालनमा ल्याउने भएको छ ।
नयाँ नियुक्त भएका नर्सहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बोलाएर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना, गरिब र विपन्न बिरामीको उपचारलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० १७:३१
प्रतिक्रिया दिनुहोस्