site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्रालयको निर्देशन नमाने तुरुन्तै मेसु फेर्ने मन्त्री बस्नेतको चेतावनी 
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको निर्देशन पालना नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तुरुन्तै फेरिने बताएका छन् ।

सोमबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले मन्त्रालयको निर्देशन पालना नगरी जनस्वास्थ्यमा लापरबाही गर्ने अस्पतालका मेसु तुरुन्तै फेरिने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

कोसी अस्पतालको सन्दर्भ जोड्दै उनले भने, "त्यहाँ म आफैँ निरीक्षणमा गएको थिएँ । व्यवस्थापन मन परेन, मेसु पनि दसौँ तहका रहेछन् । त्योभन्दा राम्रो काम गर्ने एघारौँ तहका कर्मचारी भेट्यौँ र मेसु चेन्ज गरिएको हो ।”

उनका अनुसार नयाँ मेसुलाई तीन महिनाभित्र अस्पतालको अवस्था परिवर्तन गर्ने गरी नियुक्त गरिएको हो । 

“त्यहाँमात्रै होइन कुनै पनि अस्पतालमा मन्त्रालयको निर्देशन नमानेको जनस्वास्थ्य सेवामा हेलचेक्र्याइँ गरेको पाइए तुरुन्तै चेन्ज गरिन्छ । जनताको स्वास्थ्य सेवामा कन्जुस्याइँ गर्न पाइँदैन,” मन्त्री बस्नेतले भने ।

मोरङको कोसी अस्पतालमा आइतबार निमित्त मेसु रविनमान सिंहलाई पुरानै जिम्मेवारीमा फर्काउँदै डा. चन्द्रभाल झालाई मेसुमा नियुक्त गरिएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro