site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुलही लिएर फर्किए मुस्ताङका 'राजकुमार', स्वागतमा ३०० घोडा र ५० गाडी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार मुस्ताङको लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा नै दिएर 'राजाका छोरा'को विवाह मनाइँदै छ ।

मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिट्टी पलवर विष्टका छोराको बिहे भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजा विष्टका छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको बिहे ताप्लेजुङबाट भएको हो । लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले आज दुलहा राजकुमारले ताप्लेजुङबाट दुलही लिएर आएको जन्ती नयाँ दरबार फर्किएको बताएका छन् ।

लोमन्थाङ गाउँपालिकाले दुलहा राजकुमार र दुलहीसहित जन्तीको स्वागतका लागि करिब ३०० घोडा र ६० गाडीको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले भने, “जन्ती ताप्लेजुङबाट फर्किसकेको छ । नयाँ दरबार पुग्नुअघि बाटोमा गाउँपालिकाले स्वागतका लागि दुई–तीनसय घोडा र ५०–६० गाडीको व्यवस्था गरेको छ ।”

Global Ime bank

विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाइन्छ । तीन दिनसम्म विवाह उत्सव मनाइने गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए ।

विवाहकै अवसरमा सोमबार सबै कार्यालय तथा शिक्षण संस्थाहरूमा बिदा दिइएको थियो । लोमान्थाङमा अझै पनि पलवर विष्टलाई राजाको उपाधि दिएर विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवहरूमा सम्मान दिइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement