site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संस्था निर्माण गर्न लामो समय र धेरै परिश्रम चाहिन्छ । बिगार्न भने जिम्मेवारी पाएको कुनै व्यक्तिको एउटै गलत निर्णय पर्याप्त हुन्छ । नेपालमा भने बिगार्नेहरू नै धेरैजसो पदमा पुगेको देखिन्छ ।  

कृषिमन्त्री वेदुराम भुसालले कनिष्ट व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरेपछि कृषि अनुसन्धान परिषद् अन्योलग्रस्त भएको छ । भुसालमाथि तजबिजी अधिकार प्रयोग गरी आफू निकट व्यक्तिलाई नियुक्त गरेको आरोप छ ।

कानुनले जिम्मेवार व्यक्तिलाई दिएको तजबिजी अधिकारको प्रयोग गर्दा पनि निश्चित  पारदर्शी मान्यताका आधार गरिनुपर्छ । विधिको शासनको मान्यताअनुसार राज्यको कुनै पनि पदाधिकारीले आफूखुसी अधिकारको प्रयोग गर्न पाउँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै निर्णय गर्ने व्यक्ति उसको निर्णयप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्छ । नेपालमा भने निर्णय गर्नेहरूलाई कहिल्यै निर्णयको परिणामप्रति जबाफदेही बनाउने गरिँदैन । सायद, यही कारणले तजबिजी अधिकारको दुरुपयोग हुँदैआएको हो । 

यही निर्णयका कारण कृषि अनुसन्धान परिषद् भताभुंग भए कृषिमन्त्री भुसालले त्यसको जिम्मेवारी व्यक्तिगत र संस्थागतरूपमा पनि लिनुपर्ने भएमा पक्कै पनि यस्तो निर्णय गर्ने थिएनन् । जिमेवारी लिन नपर्ने भएपछि यस्तो निर्णय हुनु के अनौठो भयो र ?

Global Ime bank

विधिको शासनको सम्मान गर्ने व्यक्ति कसैले पनि यस्तो गैरजिम्मेवार निर्णय गर्दैन । यस्ता अपारदर्शी तजबिजी निर्णयहरू नै भ्रष्टाचारका कारक हुन्छन् । साथै, व्यक्तिको इमानदारी र नैतिकताको कसी उसैको आचरणबाट लाग्छ ।

कृषिमन्त्री भुसाल तजबिजी अधिकारलाई आफूखुसी प्रयोग गर्नेमा अपवाद भने होइनन् ।  वास्तवमा गैरजिम्मेवार र अपारदर्शी शैली शासनको मूलप्रवृत्ति बनेको छ । यो प्रवृत्ति राष्ट्रलाई असफल बनाउने खराब शासनकै एउटा लक्षण हो ।  

संघीय लोकतान्त्रिक गणतन्त्रका मन्त्री र अन्य शासकहरूको स्वभाव सामन्ती व्यवस्थामा भारदारको भन्दा फरक नहुनु दुर्भाग्यपूर्ण विडम्बना हो । थप दुःखद त के हो भने गलत निर्णय गर्नेहरूले आफ्नो निर्णयलाई प्रतिष्ठाको प्रश्न बनाउने गर्छन् ।

जेहोस्, कृषिमन्त्री भुसाल निर्णय सच्याएर अपवाद बनी पो हाल्छन् कि भन्ने अपेक्षा गर्नु अन्यथा त नहोला नि ! किनभने सुध्रिने वा सच्याउने अवसर सधैँ उपलब्ध हुन्छ र त्यसको सदुपयोग गर्नु बुद्धिमानी जो मानिन्छ ।

यसरी संस्थाहरू ध्वस्त पार्न उद्यत हुनेमा धेरैजसो मन्त्रीहरू नै देखिन्छन् । जनप्रशासन, मनोविज्ञान र राजनीतिशास्त्रका विद्यार्थीले यिनको ‘विध्वंशक मनोवृत्ति’को अध्ययन गरे यसको सही कारण पत्ता लाग्ने थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय