site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सदनमा विधेयक ढिला प्रस्तुत गरेकोमा सरकारले माग्यो माफी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभामा विधेयक ढिला प्रस्तुत गरेको भन्दै सरकारले सांसदहरूसँग माफी मागेको छ ।

आइतबारको प्रतिनिधिसभामा राष्ट्रियसभाबाट पास भएर आएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पेस भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २० गते अध्यादेश जारी गरेका थिए । केही दिनअघि मात्र राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठकमा विधेयक टेबल भएको थियो भने आजै बसेको दोस्रो बैठकमा त्यसमाथि सैद्धान्तिक छलफल भएको छ ।

छलफलमा सत्तारूढ दलकै सांसदहरूले विधेयक छापामार शैलीमा आएको, अध्ययन गर्न नपाएको, प्रकृया गलत भएको भन्दै आलोचना गरेका थिए । यस्तै, प्रतिपक्षी दलहरूले भने सरकारले सदनलाई हेपेको, कठपुतली बनाउन खोजेको भन्दै विरोध गरेका थिए । 

Global Ime bank

सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन रोस्टममा उभिएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधेयक पेस गर्न ढिला भएको भन्दै माफी मागेका हुन् ।

“जुन ढंगबाट समयमै संसद्मा विधेयक प्रस्तुत हुन नसकेकाले नेपाल सरकारको तर्फबाट माफी माग्नुपर्छ,” रोस्टममा उभिएर उनले भने, “तँ माफी माग भनेर धनराज गुरुङलाई भनिरहनु पर्दैन । किनभने म त्यस्तो अंहकारी हैन । कानुनमन्त्रीको जिम्मेवारी पाएको छु । तर, अहंकार चढेको छैन ।”

उनले विधेयक समयमा ल्याउन नसकेको भन्दै दाहोर्याएर माफी मागे । साथै, असार ६ गते नै पीजन होलमा विधेयक राखिएको भन्दै सांसदहरूले अध्ययन नै नगरी एकोहोरो आरोप मात्र लगाएको गुनासो गरे ।

“नामै पीजन होल, त्यहाँ चाहिँ परेवा बस्छ कि भनेजस्तो लाग्छ । त्यहाँ आएको विषयलाई समयमै अध्ययन गर्ने भए धेरै झञ्झट पोख्नुपर्दैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय