site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्स दंगा : १३०० बढी पक्राउ, ४५ हजार प्रहरी परिचालन
Sarbottam CementSarbottam Cement

 

काठमाडौं । गत मंगलबारदेखि फ्रान्समा जारी विरोध प्रदर्शनका क्रममा एक हजार ३०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले कार चलाइरहेका १७ वर्षीय किशोर एम नाहेललाई रोकर गोली हानी हत्या गरेपछि विभिन्न सहरमा विरोध चर्किएको थियो ।

विरोध प्रदर्शन नियन्त्रण गर्न फ्रान्सभर ४५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचाल गरिएको छ । प्रदर्शनका क्रममा सयौँ गाडी, घर, भवन एवं सार्वजनिक स्थानमा तोडफोड एवं आगलागी भएको छ ।

Global Ime bank

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले विरोध प्रदर्शन कम हुँदै गएको भन्दै प्रहरीको प्रशंसा गरेका छन् । सुरक्षाकर्मीहरुको हस्तक्षेपले प्रदर्शन शान्त हुँदै जाने विश्वास गरिए पनि अधिकारीहरु ढुक्क भने नभएको बताइएको छ ।

प्रदर्शनकै कारण फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आइतबारदेखिको जमर्नीको भ्रमण शनिबार स्थगित गरेका थिए ।

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय