site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभरका अदालतका कर्मचारी आदोलनमा, दिउँसो साढे १ बजेसम्म सेवा स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर जिल्ला अदालतका नासु प्रेमिका तामाङमाथि भएको हातपातविरुद्ध देशभरका अदालतका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । 

कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेकोविरुद्ध देशभरका अदालतका कर्मचारीहरूले आन्दोलन गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

देशभरका अदालतका कर्मचारीहरूले आइतबार ‘पेन डाउन’ गर्दै तामाङमाथि भएको घटनाविरुद्ध खेद जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । 

आइतबार दिउँसो साढे १ बजेसम्म अदालती कारबाही नगर्ने भन्दै पेन डाउनको घोषणा गरेका हुन् । 

Global Ime bank

हरेक अदालतमा दैनिक पेसी तोकिएको भएपनि अदालतका कर्मचारी आन्दोलनमा रहँदा १ः३० बजेसम्म मुद्दाको सुनुवाइ, पेसी तारिख लिनेदेखि मुद्दा दर्तालगायत सबै काम स्थगित गरिएको जनाइएको छ । 

गत बुधबार अदालतको कार्यालयभित्रै लामिछानेले तामाङमाथि हातपात गरेका थिए । बुधबार अपराह्न साढे ४ बजेतिर लामिछानेले आफैँ अदालतका कागजातहरू पल्टाएर हेर्न थालेकोमा आफूले भिडभाड भएकाले अहिले नहेर्न भनेको तर उनले उल्टै दुव्र्यवहार गरेको निवेदनमा उल्लेख छ ।

लामिछानेले हातपात गर्दा आफ्नो मुख र पाखुरामा चोट लागेको तथा सर्टसमेत च्यातिदिएको तामाङको दाबी छ । निवेदनमा लामिछानेले कार्यालयको काम तथा न्याय सम्पादनमा अवरोध गरेको पनि भनिएको छ ।

तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेविरुद्ध अवहेलनाको मुद्दा दायर भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय