site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशविरुद्ध कठिन जित निकाल्दै कुवेत फाइनलमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । बंगलादेशविरुद्ध १–० को कठिन जित निकाल्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा बंगलादेशले निर्धारित ९० मिनेट कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, अतिरिक्त समयमा अब्दल्ला अलब्लुसीले गरेको एक मात्र गोल कुवेतको जितमा निर्णायक बन्यो । अलब्लुसीले खेलको अतिरिक्त समयको पनि ‘इन्ज्युरी टाइम’मा गोल गरेका थिए ।

अब कुवेतले उपाधिका लागि घरेलु टिम भारत र अर्को आमन्त्रित टोली लेबनानबीचको विजेतासँग खेल्नेछ । भारत र लेबनानबीचको दोस्रो सेमिफाइनल आजै बेलुका ७ः४५ बजे सुरु हुँदै छ ।

साफ च्याम्पियनसिपको १४औँ संस्करणमा कुल आठ टिमको सहभागिता थियो । समूह ‘ए’मा कुवेत र भारतसँगै नेपाल र पाकिस्तान थिए । साविक उपविजेता समेत रहेको नेपाल समूहको तेस्रो र पाकिस्तान पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका थिए । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, बंगलादेश र भुटान थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro