site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पत्रकारिताबाट सही र तथ्यगत विश्लेषण आवश्यक छ ः सभामुख
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्न नहुने तर कमजोरी भने हटाउन आवश्यक रहेको बताएका छन् । 
 
“सञ्चार क्षेत्रको महत्त्व धेरै छ । बन्द र खुला दुवै समाजमा सञ्चारको भूमिका महत्त्वपूर्ण छ,” संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनले भने, “सञ्चार संसद्को महत्त्वपूर्ण अंग हो । यसले आफ्नो जिम्मेवारी के हो भन्ने भुल्न हुँदैन ।”

नयाँ पुस्ता नयाँ मिडियामा अभ्यस्त रहेको भन्दै उनले  मिडियासँग सम्बन्धित ऐन कानुन बन्ने क्रम जारी रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“राजनीतिक परिवर्तनमा मिडियाको भूमिका छ । संसद् र संसदीय गतिविधि प्रभावकारी बनाउन विश्लेषणात्मक समाचार जरूरी छ,” उनले अगाडि भने, “आवेग र निराशा बढाउनेभन्दा पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्न सञ्चारको भूमिका महत्त्वपूर्ण हुन्छ ।” 

सभामुख महत्त्वपूर्ण पद भए पनि संसद् प्रभावकारी बनाउन यसका विभिन्न पक्षको भूमिका रहने उनको भनाइ छ । “निष्पक्ष हुने सभामुख नेताको घरघर धाउन थाल्यो भन्ने विश्लेषण हुन थाल्यो भने यो टिप्पणीले हुँदैन । पत्रकारिताबाट सही तथ्यगत विश्लेषण आवश्यक छ,” उनले भने, “अहिले अराजकता देखिएको अवस्थामा सञ्चारबाट सही विश्लेषण आवश्यक छ ।” 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement