site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुख्यमन्त्रीले विश्वासको मत लिन मत विभाजन

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतको लागि मत विभाजन हुने भएको छ ।

शुक्रबार कोसी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएर कार्कीले मत विभाजन गराउन सभामुख बाबुराम गौतम समक्ष आग्रह गरे ।

कार्कीले गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भई २५ गते पदभार ग्रहण गरेका थिए । त्यसबेला ६० जना सांसदको समर्थथमा मुख्यमन्त्री बनेका थिए । 

नेकपा (माओवादी केन्द्र) ले जेठ २३ गते र जनता समाजवादी पार्टी (जसपा) ले त्यसअघि जेठ १७ गते समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका थिए । 

अल्पमतमा परेको अवस्थामा कार्कीले सरकारको नीति तथा कार्यक्रम अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएका थिए । 

अध्यादेश बिहीबार प्रदेशसभाको बैठकमा टेबुल भएको थियो । त्यसमाथिको संशोधनको लागि ७२ घण्टाको समय दिइएको छ ।

कार्कीले पार्टीबाट अलग भएका नेकपा (एकीकृत समाजवादी)का सचिव तथा कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले एमालेमै फर्कन चाहेको विषयमा जिज्ञासा राखेकोमा आफू स्वागत गर्न तयार भएको बताउँदै भने,“एमालेले विभेद गर्दैन आउनुस्, हामी स्वागत गर्न तयार छौँ । ” 

कार्कीले कांग्रेस समक्ष एकपटक विश्वासको मत दिन आग्रह गर्दै भने, “एक पटक मत दिएर हेर्नुस् न । सँगै मिलेर काम गरौँ । माथि जे जस्तो छ यहाँ प्रदेशमा फरक गरे हुन्न ?” 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro