site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सभाको बैठक सुरु, मुख्यमन्त्रीले गरे सम्बोधन

विराटनगर । कोसी प्रदेश सभाको तेस्रो अधिवेशन सुरु भएको छ । अर्थमन्त्रीसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मत कार्कीले सभामा अर्थसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र रकम विनियोजन तथा खर्च गर्न सक्ने विधेयक पेस गरेका छन् ।

कोसी सभाको दोस्रो अधिवेशन ६ वटा बैठकपछि स्थगित भएको थियो ।‌

Dabur Nepal

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ९० प्रतिशत मतसहित कोसी नामकरण हुनु उपलब्धि भएको बताएका छन् । उनले सबै प्रदेशमा अस्थिरताको बाछिटा पर्न सुरु भएको पनि बताए ।

"त्यसबेला दलबीच एकता प्रदर्शन भएको थियो । बजेटअघि सत्ता सहभागी दलले हठात् विश्वास मत झिकेपछि अस्थिरता सुरु भयो," उनले भने ।

यसले प्रदेशमा नया अस्थिरताको खेल सुरु भएको उनको भनाइ छ ।

विश्वासको मत लिन सक्ने अवस्था नभएकाले त्यसबेला नीति तथा कार्यक्रम ल्याएको र संविधानअनुसार नै सभा स्थगित गरी अध्यादेशबाट बजेट ल्याएको उनले दाबी गरे । विश्वास मत झिक्दा बजेटका लागि ९ दिनमात्र बाँकी हुँदा धेरै छलफल हुन नसकेको मुख्यमन्त्री कार्कीले जिकिर गरे । 

सभामुख बाबुराम गौतमले बाढीपहिरो पीडितको लागि राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro