site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
असार २६ देखि कुथेली बुखरी स्मलको आईपीओ आउँदै, पहिलो कारोबार कतिमा हुन सक्छ ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँटपछि कम्पनीले दोस्रो चरणको आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६८ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणतर्फको १० प्रतिशत सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६ हजार ९३ कित्ता र कर्मचारी तथा सामूहिक लगानी कोषलाई दुई हजार ४३७ कित्ता सुरक्षित गरी बाँकी एक लाख एक हजार १५१ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिने छ । आईपीओ निष्कासन अवधि छिटोमा असार २९ गतेसम्म रहने छ भने उक्त अवधिमा मागअनुसार आवेदन नपरे साउन ९ गतेसम्म बिक्री खुला रहने छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको मेरो सेयर वेबसाइटमार्फत पनि आवेदन दिन सकिने छ ।

यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत रू २४ करोड ७५ लाख ५७ हजार ३३१ रहेको छ भने प्रतिमेगावाट लागत रू २४ करोड ८० लाख ५३ हजार ४३७ रहेको छ ।

कम्पनीको वित्तीय अवस्था र मूल्यरेन्ज

कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ २०७८/७९ को अन्त्यसम्म १४९ रुपैयाँ ६७ रुपैयाँ रहेको छ । त्यस्तै, उक्त अवधिसम्म प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७४ पैसा रहेको छ । सो अवधिसम्म सञ्चित नाफा पाँच करोड ८१ लाख ७१ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको उक्त नाफा ११ करोड ५८ लाख ६० हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

यो कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार १४९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँसम्ममा खुल्ने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पहिलो कारोबारका लागि सूचीकृत कम्पनीलाई वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्यरेन्ज तोक्ने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro