site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी क्षेत्रलाई स्वास्थ्य बिमा नदिने सरकारको धारणा बनिसकेको छ : स्वास्थ्यमन्त्री बस्नेत
Tiktok banner adTiktok banner ad

काठमाडौ. । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बिमा नदिने बताएका छन् ।

बुधबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बिीमा नदिने कुरामा सरकारले आफ्नो धारणा बनाइसकेको बताए ।

उनले स्वास्थ्य बिमा सही ढंगबाट सञ्चालन हुन नसकेको पनि बताए । उनले बिरामी नभएकाहरूलाई डकुमेण्ट बनाएर खर्च गराउने कुराको नियन्त्रण हुन जरुरी रहेको बताए । बिमा बोर्डलाई पनि चुस्त बनाउन नसकेको स्पष्ट पार्नुभयो ।

उनले भने, “स्वास्थ्य बिमा कार्यक्रम अत्यन्तै महत्वपूर्ण, ऐतिहासिक र नभइ नहुने कार्यक्रम हो । तर सही ढंगबाट कार्यक्रम भइसकेको छैन । रोगको पत्ता लागेपछि यसको उपचारको कुरा होला । धेरैकुरा हामीले सुधारेर जानुपर्ने स्थिति छ । निजी अस्पताल र मेडिकल कलेजहरूलाई अब स्वास्थ्य बिमा दिने की नदिने ? लगभग नदिने कुरामा राज्यले एउटा धारणा बनाइसकेको छ ।”

मन्त्री बस्नेतले १० प्रतिशत उपचारसहितको बेड निःशुल्क गर्ने काम अहिले लागु भएको बताए । उनले १० प्रतिशत विपन्न, गरिवहरूलाई निःशुल्क उपचार गर्नेकुरा लागु गर्न स्थानीय सरकारलाई निर्देशन दिइसकेको बताए ।

मन्त्री बस्नेतले २२ जिल्लाका विपन्न नागरिकहरु कार्ड नै बनाएर दिइसकेको र अन्य विपन्नलाई भने वडाको सिफारिसमा उपचार हुने व्यवस्था गरेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro