राजनीति
काठमाडौं । प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित भएको छ । बजेट मत विभाजनबाट पारित गरिएको हो ।
बजेटको पक्षमा मत १४७ आयो । विपक्षमा १०८ मत पर्यो । उपस्थित सांसदमध्ये कोही पनि तटस्थ बसेनन् ।
आजको बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित थिए । आज २५५ सांसद मात्र उपस्थित थिए ।
त्यसअघि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गरेका थिए । उनले बजेटको विपक्षमा धेरै मत रहेको आफूहरूलाई लागेका बताएका थिए । त्यसपछि सभामुखले मतदानको प्रक्रिया सुरु गराएका थिए ।
आर्थिक विधेयक, राष्ट्र ऋणसम्बन्धीसहितका आश्रित विधेयक पारित भएपछि मात्र पूर्ण बजेट पारित भएको मानिन्छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १६:४१
प्रतिक्रिया दिनुहोस्