राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।
बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने विषय संशोधन नभएको भन्दै विपक्षी दलले आपत्ति जनाएका थिए ।
सभामुखले बैठक सञ्चालनका लागि आग्रह गरे पनि विपक्षी दलले नमानेपछि बैठक स्थगित गरिएको थियो । तर, बैठक स्थगित भएको झन्डै एक घण्टा पुग्दा पनि बैठक सुरु हुन सकेको छैन ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १५:२४
प्रतिक्रिया दिनुहोस्