site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
माटेओ कोभासिच म्यान्चेस्टर सिटीमा अनुबन्धित
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यान्चेस्टर सिटीले क्रोएसियन मिडफिल्डर माटेओ कोभासिचलाई चेल्सीबाट २५ मिलियन पाउन्ड प्रारम्भिक मूल्यमा अनुबन्ध गरेको छ । 

चार वर्षको सम्झौतासहित सिटी भित्रिएका कोभासिचको अनुबन्ध रकममा थप पाँच मिलियन पाउन्ड ‘एड वान्स’को रूपमा थपिन सक्ने छ । गत सिजन ट्रेबल जितेको सिटीले यस समरमा भित्र्याएको कोभासिच पहिलो खेलाडी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो मेरा लागि उत्कृष्ट कदम हो । सिटीबाट सुरुआत गर्न म ब्यग्र प्रतिक्षारत छु,” सम्झौतापछि कोभासिचले भने, “यो टिम कति राम्रो छ भन्ने पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको टिमलाई पछ्याइरहेकाहरूलाई थाहा छ । मेरा लागि उनीहरू विश्वकै उत्कृष्ट हुन् । उनीहरूले जितेको उपाधिहरूले नै सबै कुरा देखाउँछ ।”

सिटीले यसअघि टिमका मिडफिल्डर इल्काई गुन्डोगान ‘फ्रि ट्रान्सफर’ मा बार्सिलोना अनुबन्धित भएपछि उनको स्थानमा कोभासिचलाई भित्र्याएको हो । यसअघि सिटीले इंग्ल्यान्डका मिडफिल्डर डेक्सान राइसका लागि गरेको ९० मिलिनय पाउन्डको प्रस्ताव वेस्ट ह्यामले अस्वीकार गरेको थियो ।

Global Ime bank

चेल्सी गत सिजन प्रिमियर लिगमा १२औँ स्थानमा रहँदा कोभासिचले टिमका लागि ३७ खेल खेलेका थिए । चेल्सीले सन् २०२१ को च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले हराउँदा कोभासिच टिमका महत्त्वपूर्ण खेलाडी थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement