site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ पुस्तालाई प्रधानमन्त्रीको सम्बोधन : देश उज्यालो भविष्यको यतिनजिक कहिल्यै थिएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्तालाई संबोधन गरेका छन् । बजेट पारित गर्नुअघि राष्ट्रपति, उपराष्ट्र तथा प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नयाँ पुस्तामा देखिएको ‘केही हुँदैन’ भन्ने भावनाले देश माथि उठ्न नसक्ने बताए । 

“केही हुँदैन भन्ने भावनाबाट देश माथि त उठ्न सक्दैन, देशको आफैँ माथिको विश्वास फर्काउन केही हुँदैन भन्ने भावना त्याग्न आवश्यक छ,” प्रधानमन्त्रीले भने, “अघिल्लो पटक म प्रधनमन्त्री हुँदा १८ घण्टा लोडसेडिङ रहेको कुरा कसैले विर्सिएको छैन । अहिले विद्युत् वेच्ने अवस्थामा पुगेका छौँ ।” उनले देशका सबै परिसूचक र सम्भावनाले उज्यालो भविश्यको नजिक रहेको दाबी  गरे ।
 
“देशको उज्यालो भविश्यको यति नजिक हामी कहिल्यै थिइनौं,” प्रधानमन्त्री प्रचण्डले भने, “तर, सामाजिक सञ्जालका चित्रले राष्ट्रिय प्राथमिकतालाई विषयान्तर गरेको भान हुन्छ ।” उनले युवा पुस्ता निन्दावादी बाटोमा गएको त हैन भन्दै चिन्ता व्यक्त गरे ।
 
“हामीमा कतै विवेकभन्दा निन्दा हाबी भएको त छैन ?,” प्रश्न गर्दै प्रधानमन्त्रीले भने, “कतै हाम्रै व्यवहारले राजनीतिको चित्र र चरित्र कमजोर त बनिरहेको छैन ।” उनले लोकतन्त्र भावना र उत्तेजनाले मात्र बलियो नहुने भन्दै त्यसका लागि तथ्यगत सुधार पनि आवश्यक भएको र यसका लागि सरकार त्यसतर्फ अग्रसर भइरहेको बताए । 

Dabur Nepal
NIC Asia

“यो सत्य हो, लोकतन्त्र अब भावनात्मक आधारले मात्र सवल हुँदैन, तथ्यगत रुपमा सुधार गर्न आवश्यक छ,” उनले भने, “पछिल्लो पुस्ता लोकतन्त्रका लागि तयार हुँदै छ । तर, यो पुस्ताले युद्धको विभीषिका भोगेन, शाही शासनको यातना खेपेको छैन, विद्यालय जाँदा घण्टौं हिड्नु पर्ने बाध्यता भोगेन, संचारमाध्यममाम प्रवेश गरेर बर्र्दीधारीले बुट बजारेको अनुभव संगालेन ।” 

प्रधानमन्त्री प्रचण्डले त्यही कारण नयाँ पुस्ताले विगतका संघर्षहरुको अवमुल्यन गर्ने र लोकतान्त्रिक संस्थाहरुप्रति मोह भंग गराउने अभिव्यक्ति सामाजिक संजालमार्फत सार्वजनिक गरिरहेको बताए । उनले नयाँ पुस्तालाई सकारात्मक सोच र रचनात्मक आलोचनामा केन्द्रित भएर देशप्रति अपेक्षा बढाउने भूमिका खेल्न पनि आह्वान गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro