काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ दिँदै छन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा उनले सांसदले उठाएका प्रश्नको जवाफ दिन लागेको संसद् सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारितका लागि पनि पेस हुँदै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुँदै (सम्भावित कार्यसूचीसहित)