राजनीति
काठमाडौं । सरकारले आज बजेट पारितका लागि संसद्मा पेस गर्दै छ ।
जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो ।
मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो । यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० ०६:१४
प्रतिक्रिया दिनुहोस्