site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ गते हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता आयोजना हुने भएको छ ।

टुसाल मल्टिभेन्यु प्रालिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार १५ गते हुने जानकारी दिएको हो । प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी चार वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।

विजयी खेलाडीहरूलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ ।

Global Ime bank

प्रतियोगितामा १०० खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २१ स्कुलले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्का लगायत ११ जनाको टिमले जिम्मा लिनेछन् । प्रतियोगितामा मेडिकल सपोर्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रहनेछ । अस्पतालले प्रतियोगिताको अवधिभर एम्बुलेन्स, एकजना चिकित्सक र दुईजना नर्ससहितको सेवा दिने सम्झौता भएको आयोजकले जनाएको छ।

यस अघि २०७९ जेठ १९ गते मल्टिभेन्यूले पहिलो संस्करणको आयोजना गरेको थियो।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement