site stats
बाह्रखरी :: Baahrakhari
कला
बोतल हान्ने सुमनलाई प्रकाशले दिए माफी, आयोजकले लियो मुद्दा फिर्ता

काठमाडौं । रोमानियामा गायक प्रकाश सपूतमाथि स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई प्रकाशले माफी दिएका छन् । उनको करिअर नबिग्रियोस भनेर प्रकाशले सुमनलाई माफी दिएका हुन् । 

प्रकाशसँग सुमनले माफी माग्दै गरेको भिडियो पनि सार्वजनिक भएको छ । जसमा उनले प्रकाशसँग माफी मागेका छन् । प्रकाशले आफूलाई ठूलो चोट नलागे पनि आफ्नो सांगीतिक करिअरकै यो पहिलो घटना भएको बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोजकले प्रकाशले सुमनलाई माफी लिएको बताएको छ । “हामीले त यस्ता घटना पुनः दोहोरिनु हुँदैन भनेर सजाय दिनुपर्छ भनेको थियौँ । तर, प्रकाशजीले सजाय दिन मान्नु भएन,” आयोजक नरेश गिरीले बाह्रखरीसँग भने, “प्रकाशजीको आग्रहपछि मैले अध्यागमनमा दिएको मुद्दा पनि फिर्ता लिएँ ।” 

यसरी प्रहार भयो प्रकाश सपूतमाथि बियरको बोतल

स्टेजमा गीत गाइरहेका बेला बियरको बोतल हान्नबित्तिकै प्रहरी र सुरक्षागार्डले सुमनलाई नियन्त्रणमा लिएको थियो । यदि, प्रकाशले उनलाई कारबाही अगाडि बढाउन चाहेको भए सुमनको मुद्दा अध्यागमन हुँदै अदालतमा पुग्ने थियो । अदालतले जे फैसला दियो त्यो ससाय सुमनले भुक्तान गर्नु पथ्र्यो । 

रोमानियामा आइतबार राति भएको याद म्युजिक फेस्टिभलमा राति ९ बजे प्रकाशमाथि तेह्रथुमका सुमनले बियरको बोत्तल प्रहार गरेका थिए । बोतल प्रहारसँगै केही समय कार्यक्रम रोकिएर पुनः सुरु भएको थियो । 

उक्त फेस्टिभलमा करिब चार सय नेपाली सहभागी थिए । 

प्रकाश सपूतमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई ‘इमिग्रेसन’मा बुझाइयो

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्