site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यसरी प्रहार भयो प्रकाश सपूतमाथि बियरको बोतल

काठमाडौं । रोमानियामा आइतबार राति घडीले ९ बजेको घण्टी हान्दा सिमसिम पानी परिरहेको थियो । सिमसिम पानी नै सही, आफूले मन पराएका कलाकार स्टेजमा थिए । मनले खाएका गीत गाइरहेका थिए । त्यसैले गीतमा झुमिरहेका थिए– रोमानियाबासी नेपाली ।

सिमसिम पानीमै प्रिती आलेले गीत गाइन् । प्रितीको प्रस्तुतिपछि पालो आयो प्रकाश सपूतको । उनको पालो अन्तिममा थियो । अर्थात, दुईजना मात्रै थिए यसपटक ‘याद नेपाली म्युजिक फेस्टिभल’मा संगीतकर्मी ।

करिब ४०० दर्शकको अगाडि प्रकाश गीत गाइरहेका थिए । दर्शक उनका गीतमा झुमिरहेका थिए । ठूलो स्टेज थियो । स्टेजको छेउको भागमा आइपुगेका थिए, प्रकाश । ठिक त्यही समय भिडको बीचबाट कसैले बियरको बोतल प्रहार गर्‍यो । बोतलले प्रकाशको गालामा झ्याम्म लाग्यो ।

Dabur Nepal
NIC Asia

“जब प्रकाश सपूतलाई बियरको बोतलले लाग्यो । प्रहरीले बोतल प्रहार गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गर्‍यो,” उक्त फेस्टिभलका आयोजक नरेश गिरी रोमानियाबाट बाह्रखरीसँग भन्छन्, “अहिले उनी कानुनी प्रक्रियामा छन् । अब, उनले यहाँको कानुनअनुसार कारबाही भोग्छन् ।”

बियरको बोतलले प्रकाशलाई लागे पनि उनी सकुशल रहेको नरेशले जानकारी दिए । केही समय कार्यक्रम बिथोलिए पनि कार्यक्रम पुनः सुरु भयो । प्रकाश गीत गाउन थाले । १०० ले (रोमानियाको मुद्रा) तिरेर फेस्टिभलमा सहभागी भएका सहभागी उसै गरी प्रकाशसँगै संगीतमा झुम्मिए ।

नरेशलाई कुनै पूर्वाग्रह वा रिसिबीले प्रकाशमाथि बोतल प्रहार भएजस्तो लागेको छैन । बियर पिएर मात्तिएकाले होस गुमाएर प्रहार गरेको हुनसक्ने उनको अनुमान छ ।

“ऊ (बोतल प्रहार गर्ने व्यक्ति) पूरै ड्रंक थियो । त्यसैले इमोसनल भएर खाँदै गरेको त्यही बोतल प्रहार गर्‍यो कि भन्ने लाग्छ,” नरेश स्पष्ट पार्ने प्रयास गर्छन्, “कुनै पूर्वाग्रह वा रिसिबी जस्तो पनि लाग्दैन । तर, जे होस् उसले गल्ती गरिसकेको छ, कारबाहीको भागिदार हुनुपर्छ । र, हुन्छ ।”

रोमानिया पुलिसले नियन्त्रणमा लिएका ती व्यक्ति को हुन् भन्ने पहिचान खुल्न बाँकी रहेको उनी बताउँछन् । “उनको पहिचान खुलिसकेको छैन । म इमिग्रेसनमातर्फ जानकारी लिने प्रयासमा छु,” नरेश भन्छन्, “प्रहरीले उनलाई इमिग्रेसनमा बुझाइसकेको छ । अब उनलाई इमिग्रेसनले अदालत लैजान्छ । अदालतले जे फैसला गर्छ, त्यो उनले स्वीकार्नु पर्छ ।”

रोमानियामा सांगीतिक होस् अथवा अरु कुनै कार्यक्रम मध्यपानमा प्रतिबन्द लगाइएको हुँदैन । त्यसकै फाइदा उनले उठाएको नरेश बताउँछन् ।

सकुशल रहेका प्रकाश भोलि (मंगलबार) ११ बजेको फ्लाइटमार्फत नेपाल फर्किन लागेको उनले बताए । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै प्रकाश भोलि स्वदेश फर्किन लागेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro