site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनविरुद्धको अवहेलना मुद्दा आज पनि हेर्न भ्याइएन
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना मुद्दा आज पनि स्थगित भएको छ । 

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइने सूचीमा परेको हो ।

अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् । 

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

उनको अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro