site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'ह्वावे एमएनसी २०२३' मा सहभागीले गरे नयाँ प्रविधिकाे प्रशंसा

काठमाडाैं ।  दुईदिने ह्वावे मोबाइल नेपाल कंग्रेस (एमएनसी २०२३) ले इको-सिस्टम साझेदारहरूको संलग्नता र सबै सहभागीबाट प्रशंसा बटुलेर उत्कृष्ट सफलता हासिल गरेको छ । ह्वावेले जुन २३ मा काठमाडौंमा ह्वावे एमएनसी र डिजिटल नेपाल कन्क्लेभ आयोजना गरेकाे थियाे ।

कार्यक्रममा ह्वावे मोबाइल नेपाल कंग्रेस, ह्वावे फाइभजी परिदृश्य, ह्वावे क्लाउड सोलुसन्स, ग्रिन डाटा सेन्टर, स्मार्ट अफिस टेक्नोलोजीहरू प्रदर्शन गरिएका थिए ।

स्मार्ट सिटी कन्सेप्ट, स्मार्ट ग्रिड क्याम्पस आदि यी दुई दिनमा नेपालका प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, सीईओ र दूरसञ्चार कम्पनीका नेताहरूले ह्वावे एमएनसीको अवलोकन गरेकाे र ह्वावेले डिजिटल नेपाल सक्षम बनाउनका उपाय र प्रयासहरूको प्रशंसा गरेकाे कम्पनीले जनाएकाे छ ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम ह्वाङले डिजिटल ट्रान्सफर्मेसन आर्थिक वृद्धिको मुख्य इन्जिन भएकाे बताएका छन् । कार्यक्रममा उनले भने, “डिजिटल ट्रान्सफर्मेसन आर्थिक वृद्धिको मुख्य इन्जिन हो । त्यसैले डिजिटल ट्रान्सफर्मेसनमा जानु स्पष्ट रूपमा सही विकल्प हो । ह्वावे डिजिटल नेपालको एक सक्षमकर्ता हुन पाउँदा  र ह्वावे मोबाइल नेपाल कंग्रेस मार्फत उद्योगका लागि नयाँ समाधान र आइडिया ल्याउन पाउँदा हामी खुसी छौं ।''

एमएनसीले विश्वव्यापी आविष्कार र समाधानहरूको प्रदर्शन र डिजिटल नेपालतर्फको यात्रालाई तीव्रता दिनको लागि देशमा तिनीहरूको सान्दर्भिकता र व्यावसायिक व्यवहार्यतामा छलफल गर्न प्रेरित गरेको कम्पनीकाे भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro