site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यो वर्ष रासायनिक मल अभाव हुँदैन : प्रधानमन्त्री
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोहरूमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अब्दुल खानको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले २०७९ साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताए । 

उनले सो मध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरूमा मौज्दात रहेको जानकारी दिए । यही महिनाभित्र भारतको काेलकत्ताबाट ४५ हजार मेट्रिक टन डीएपी मल ल्याइने पनि उनले बताए । 

प्रधानमन्त्री प्रचण्डले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने बताए । उनले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro