site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बिहानैदेखि सातवटै प्रदेशमा वर्षा, दिउँसो र राति भारी वर्षाको सम्भावना
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

Dabur Nepal
NIC Asia

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी तथा सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच, झापा तथा आसपासका क्षेत्रमा आज बिहान भारी वर्षा भएको छ । झापाको केचनालगायत नेपाल भारत सीमा आसपासका क्षेत्रमा भारी वर्षा भएको नेपाल फ्ल्ड अलर्टले जनाएको छ । 

नवलपरासी, रूपन्देही, पाल्पा, कैलाली र आसपास केही स्थानमा पनि भारी वर्षा भएको छ । उक्त स्थान आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउनुको साथै होचा स्थानमा डुवान हुन सक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । आउँदो ६ घण्टा सतर्क रहन आग्रहसमेत गरिएको छ । 
 
तिनाउ नदी तटिय क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि नेपाल फ्ल्ड अलर्टको आग्रह छ । 

देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  । बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro