site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मिटरब्याजीको आतंक : ‘भाडाका गुन्डा’ बोलाएर ऋणीमाथि यातना
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । सप्तरीको महादेवा गाउँपालिका–३, बथनाहाका विजयकुमार यादवको घरमा पाँच दिनदेखि चुलो बलेको छैन । उनको परिवारले ठूलोबुवा मुनेश्वर यादवको घरमा शरण लिएर बसेको छ । गएको बिहीबार उनीहरूमाथि निर्घात कुटपिट गरिएको थियो । घर समेत भत्काइदिएपछि शरण लिन बाध्य बनेका हुन् ।

मिटरब्याजी वेदनारायण यादवको निर्देशनमा विजयकुमारको परिवारमाथि कुटपिट गरिएको आरोप छ । भाडाका गुन्डा लगाएर आफूहरूमाथि कुटपिट र घर भत्काइदिएको विजयकुमारको भनाइ छ ।

मजदुरी गरी दिन बिताउने विजय अहिले तनावमा छन् । उनको अनुहार मलिन छ । चिन्तित पनि ।

Agni Group
NIC Asia

वेदनारायणका विषयमा सोधपुछ गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार दिउँसो उनलाई बोलाएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सपरिवार उपचार गराएर आइतबार अबेर राति मात्र उनीहरू सप्तरी फर्किएका थिए । पैसाको अभावमा पूर्ण उपचार नगराई फर्किएको उनको बिलौना छ ।

mtb1687406675.jpg

Global Ime bank

उनका अनुसार हात बाँधेर विजयमाथि कुटपिट गरिएको थियो । त्यही बेला प्रतिवाद गर्दा उनकी आमा जागोदेवीमाथि पनि प्रहार गरिएको थियो । जागोदेवीको टाउकोमा भाटाले प्रहार गर्दा गम्भीर चोट लागेको छ । त्यति बेला उनको टाउकोबाट धेरै रगत बगेको विजयले बताए । सोही कारण अहिले जागोदेवी बेलाबेला अचेत हुने गरेको उनको भनाइ छ । वडाध्यक्ष रामकुमार यादवले उपचार खर्चमा विजयलाई सहयोग गरेका छन् ।

आक्रमणकारीले उनको घर भत्काएर त्यहाँको खाद्यान्न, लत्ताकपडा इनारमा फालिदिएका थिए । भत्काएकै ठाउँमा पुनः बस्न मिल्ने बनाउन छानोका लागि टिन र केही खाद्यान्न दिन उनले वडाध्यक्षसँग गुहार गरेका छन् ।

भएको के थियो ?
विजयका अनुसार गएको बिहीबार बिहान ११ बजेतिरको समय थियो । उनी खाना खाएर घरमै सुतिरहेका थिए । उनकी आमा जागोदेवी, पत्नी पुष्पा, भाइबुहारी रञ्जनकुमारी र १२ वर्षीया छोरी लक्ष्मी आँगनमा थिए । त्यही बेला १०÷१२ जनाको समूह उनको घरमा प्रवेश ग¥यो । पुष्पालाई थप्पड हान्दै विजयका बारेमा सोधियो ।

meterb11687406670.jpg

हतियारसहित पुगेका उनीहरूले गाली गर्दै घर भत्काउन थाले । त्यो आवाज सुनेर विजय बाहिर निस्किए । त्यसपछि आफ्नो हात बाँधेर कुटपिट गरिएको उनले बताए । विजय र उनकी आमाको शरीरमा कुटपिटको निलडाम छ । परिवारका अरू सदस्यमाथि सामान्य कुटपिट गरिएको उनको भनाइ छ ।

विजयका अनुसार आक्रमणकारी समूहका केही व्यक्तिले कुटपिट गरेका थिए । केहीले लत्ताकपडा र खाद्यान्न घरबाहिरको इनारमा फालेका थिए । निरन्तर डेढ घण्टा उनीहरूले कुटपिट गरे । विजयको परिवारले चिच्याउँदै ज्यान जोगाउन गुहार गरिरह्यो ।

विजयका ठूलोबुवा मुनेश्वरले आक्रमणकारीसामु हात जोडेर त्यस्तो नगर्न आग्रह गरे । आक्रमणकारीले उल्टै मुनेश्वरलाई विजयले तिर्नुपर्ने पैसाको जिम्मा लिए उनीहरूलाई छाडिदिए बताए । त्यसपछि मुनेश्वरले गाउँलेका घरघरमा गएर उनीहरूलाई जोगाउन आग्रह गरे । केही समयपछि आएका गाउँलेको समूहले आक्रमणकारीमध्येका पाँचजनालाई नियन्त्रणमा लियो । विजयको परिवारलाई उपचारका लागि राजविराज पठाइयो ।

आरोपित हिरासतमा
गाउँलेले पाँच आक्रमणकारीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएका थिए । महादेवा गाउँपालिका–३ का साहु वेदनारायण, राजगढ गाउँपालिका–३ का संजयकुमार यादव, सिरहा नगरपालिका–११ का विकेशकुमार मण्डल, हनुमाननगर कंकालिनी नगरपालिकाका धर्मदेव मण्डल र छिनमस्ता गाउँपालिकाका धीरजकुमार यादव अहिले प्रहरी हिरासतमा छन् ।

उनीहरूमाथि अदालतबाट म्याद थप भई डाँका तथा ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

gggg1687406668.JPG

वेदनारायणले यसअघि पनि यस्तै गरी ऋणीलाई धम्क्याउने गरेको सूचना आफूहरूले पाएको उनले बताए । वेदनारायणले कतिपय ठाउँमा ऋणीसँग वास्तविकभन्दा बढी रकम असुल गरेको मौखिक जानकारी आफूहरूले पाएको उनको भनाइ छ ।

घटनाबारे अनुसन्धान जारी छ । घटनामा संलग्न केही व्यक्ति फरार पनि भएकाले धेरै कुरा खुलाउन नमिल्ने उनले बताए ।

अढाई कट्ठा खेत र ६ लाख तिरे
विजयका बुवा भुवनेश्वरले पाँच वर्षअघि वेदनारायणसँग तीनपटकमा गरी चार लाख रुपैयाँ ऋण लिएका थिए । कहिले घरखर्च, कहिले खेती त कहिले उपचारका लागि ऋण लिइएको विजयले बताए ।

भुवनेश्वरले सुरुमा अरूसँग लिएको ऋण चुक्ता गर्न नै वेदनारायणसँग ऋण लिएका थिए । त्यति बेला वेदनारायणले उनलाई एक लाख ८० हजार रुपैयाँ एकमुष्ट दिएका थिए । त्यसबापत उनले घरसहितको अढाई कट्ठा जग्गा साहु वेदनारायणको नाममा पास गरिदिएका थिए ।

विजयका अनुसार ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गरिदिने दुवै पक्षबीच मौखिम सहमति भएको थियो । अहिलेसम्म आफूहरूले वेदनारायणलाई ६ लाख रुपैयाँ तिरिसकेको विजयले सुनाए । भारतमा मजदुरी गरी कमाएको पैसा साहुलाई नै तिर्ने गरेको उनले बताए ।

तर, वेदनारायणले पटक–पटक धम्की दिइरहेका थिए । गत वर्षको दसैँताका विजयका बुवा भुवनेश्वरको मृत्यु भयो । त्यसपछि पनि रकम माग्दै वेदनारायणले आफूसहित परिवारलाई धक्की दिइरहेको विजयले बताए ।

स्थानीयका अनुसार वेदनारायण त्यस क्षेत्रका ठूला मिटरब्याजी हुन् । उनको डरले धेरैजना प्रहरीमा उजुरी दिनै डराउँछन् । विजयको परिवारमाथि आक्रमणपछि भने स्थानीय १० जनाले वेदनारायणविरुद्ध उजुरी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu