site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसमा बारुद कारखानामा विस्फोट, चारजनाको मृत्यु
फाइल तस्बिर ।

मस्को । रूसको एक बारुद कारखानामा मंगलबार भएको विस्फोटनमा परी चारजनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

मस्कोको दक्षिणपूर्वमा रहेको टाम्बोभ क्षेत्रमा रहेको बारुद कारखानाले एक विज्ञप्ति जारी गर्दै एक ठेकेदारसहित समान जोड्ने काम भइरहेका समय विस्फोट भएको जनाएको छ ।

“कारखानामा भएको अप्रत्यासित विस्फोटमा परी कम्तीमा १२ जना घाइते भएका छन् र तीमध्ये चारजनाको मृत्यु भएको छ,” रूसी सञ्चारमाध्यमबाट सार्वजनिक भएको कारखानाको विज्ञप्तिमा भनिएको छ । मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

बारूद कारखानाले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको र घटनामा मानवीय सम्लग्नता रहेको हुनसक्ने बताएको छ । ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले घटनामा ‘आतंककारी’ को सम्लग्नता हुनसक्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।

ठूला अपराधको छानबिन गर्ने रूसी सरकारी छानबिन समितिले सुरक्षा नियम उल्लंघनको अनुसन्धान सुरु गरेको जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि मस्को उच्च सतर्कतामा रहेको छ । यद्यपि, यो अवधिमा रूसी भूभाग भित्ररहेका प्रतिष्ठानहरूमा थुप्रै ड्रोन आक्रमण भएका छन् ।

युक्रेनमा आक्रमण सुरु भएदेखि नै रूसमा सैन्य कारखानाहरू पनि पूर्ण रूपमा सञ्चालन भइरहेका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro