site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनवटा प्रदेशमा बिहानैबाट वर्षा, कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहजेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा तथा वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागले आज राति  देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा देशको बाँकी भू–भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Royal Enfield Island Ad

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro