site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मोर्चामा विप्लवको आगमनले धुलोमैलो सफा गर्न मद्दत गर्छ : प्रचण्ड
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा एकताको पहिलो पाइला भएको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा अन्तिम पाइला नभएको बताए ।

निर्वाचन अघि नै माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीबीच मोर्चा घोषणा गर्ने भनिएको उल्लेख गर्दै उनले अहिले नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टी पनि आउनु राम्रो भएको बताए । उनले विप्लवजस्ता नेता मोर्चामा आउँदा संसदीय राजनीतिमा लागेको धुलोमैलो पखाल्न मद्दत गर्ने बताए ।

Dabur Nepal
NIC Asia

“यहाँसम्म आइपुग्दा राम्रो के भएको छ भने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि यो मोर्चामा सामेल भएको छ । यसको गुणात्मक र क्रान्तिकारी महत्व छ,” प्रधानमन्त्रीले भने, “हामी पार्लामेन्ट्री पोलिटिक्समा अलि बढी लागेका केही धुलोमैलो जम्मा भएको छ । सायद, विप्लव जस्ता कमरेडहरु यहाँ मोर्चामा आउँदा धुलोमैलो सफा गर्न मद्दत गर्छ भन्ने मलाई लागेको छ ।”

मोर्चा घोषाणको दूरगामी महत्व रहेको उनको भनाइ छ । मोर्चाबाट आत्तिनु नपर्ने भन्दै उनले हातेमालोका लागि आह्वान पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu